भारतमा हजारौं गरीवहरुले राजधानी दिल्लीतर्फको लङ्गमार्च शुरु गरेका छन् ।
घर निर्माण र खेतीपातिका लागि जमीन माग्दै गरीव, आदिबासी, दलित, भुमिहिन र मजदुरहरुले एकसाथ राजधानी दिल्लीतर्फको यात्रा शुरु गरेका हुन् ।
मध्यप्रदेशको ग्वालिएरमा भेला भएका पचास हजार भन्दा बढीले दिल्लीतर्फको यात्रा शुरु गरेका हुन् । उनीहरुले दिल्लीसम्मको ३ सय ५० किलोमीटर यात्रा पुरा गरी प्रदर्शन गर्ने भएका छन् ।
दिल्ली पुग्ने बेलासम्म उनीहरुको संख्या एक लाख पुग्ने अनुमान गरिएको छ ।
सरकारले गरीवको समस्या समाधान गर्न उनीहरुलाई दिल्ली आउनबाट रोक्ने प्रयास गरेको थियो ।