एमालेद्धारा केही नेताहरुले पार्टी परित्याग गर्दैमा सिंगो पार्टीलाई कुनै असर नगर्ने दाबी, आज खुला मञ्चमा सरकार विरुद्ध विरोध सभा गर्दै

एमालेले भोलि  सरकार विरुद्ध विरोध सभा गर्ने

काठमाडौं । नेकपा एमालेले केही नेताहरुले पार्टी परित्याग गर्दैमा सिंगो पार्टीलाई कुनै असर नगर्ने दाबी गरेको छ ।

 

एमालेले आज राजधानीमा गर्न लागेको विरोध प्रदर्शनबारे जानकारी दिन हिजो बल्खुमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले एमालेलाई हात्ती र पार्टी छोड्ने नेताहरुलाई हात्तीको शरीरमा लागेको धुलोमैलोको संज्ञा दिनुभयो । हात्तिको शरीरबाट धुलै झर्दैमा केही फरक नपर्ने उहाँको भनाइ थियो ।

 
एकीकृत माओवादी र सत्ता गठबन्धन हिटलर र मुसोलिनको शैलीमा अघि बढेकाले देशलाई सहमतिको दिशामा अघि बढाउन आन्दोलन गर्नुपरेको खनालको तर्क थियो ।


 
एमालेले आज राजधानीको खुला मञ्चमा सरकार विरुद्ध विरोध सभा गर्दैछ भने सभामा एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।