सरकारद्धारा नेपाली सेनाका ५ महासेनानीलाई सहायक रथीमा र ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा

काठमाडौं  । सरकारले नेपाली सेनाका ५ महासेनानीलाई सहायक रथीमा र ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले बढुवा गरेका सहायक रथीहरुमा प्रभुराम शर्मा, बिजयध्वज शर्मा, समीर शाही, सुर्वण बहादुर महत र राजु बस्नेत छन् । बस्नेतमाथि द्वन्दकालमा गम्भीर मानवअधिकार हनन् गरेको आरोप लाग्दै आएको छ । सोही आरोपका कारण यसअघि बस्नेतको बढुवा पटक पटक रोकिंदै आएको थियो भने अन्तर्राष्ट्रिय मानवअधिकार एजेञ्सीहरुले पनि बढुवा नगर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।


यस्तै सरकारले बाबुराम श्रेष्ठ, अरुणकुमार पाल, प्रदीपजंग केसी, निरज पौडेल र सन्तोष ढकाललाई महासेनानीमा बढुवा गरेको छ । सरकारले दशैंतिहार जस्ता ठूला चाडपर्वलाई ध्यानमा राखी नेशनल ट्रेडिङ र साल्ट ट्रडिङलाई २० हजार मेट्रीक टन चिनी ल्याउन भन्सार छुट दिने निर्णय समेत भएको छ । यसैगरी बैठकले सचिवहरु बामनप्रसाद न्यौपाने र उमाकान्त झाले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

 

– RSS