म अपरिचित


– बाबु रोका मगर
असुरकोट-९,अर्घाखाँची हाल(न्यू दिल्ली)भारत


 

म चिन्न न सकिएको अपरिचित हुँ
म भिड हरुमा भड्किएको अन्जान हुँ |
जिन्दगी को दौड बाट फ्याकिएको
जंगलमा हराएको अमृत सामान हुँ |

म आँसुहरुको कैद बाट भागेको
खुशीहरु बाँड्ने  सहयोगी मुस्कान हुँ |
म ठुलो मजबुरी लावारीस परेको
शहरी रमझम को एक्लो सुनसान हुँ |


दिन पाएन घुस मैले भगवान लाई
हुँ म, मंदिरको ‘पूजारी’ गरेन बैमानी |
दु:ख,गरिबी, बिवशता र मजबुरी
म यिनिहरुको एउटा रुप हुँ मात्र  नेपाली |