अर्घाखाँचीका लक्षिँत वर्गको रकममा स्थानीय दलको मनोमानी, काम एकातिर बजेट अकैतिर

– गणेश खनाल

 

अर्घाखाँची  । लक्षित वर्गको विकासका लागी विनियोजन भएको रकम अर्घाखाँची क्षेत्रमा प्रयोग गरिएको पाईएको छ । सरकारले दलित महिला बालवालीका कृर्षी क्षेत्रको विकासका लागी भनेर छुट्टाएको कुल पुजिगत बजेटको १५ प्रतिसत रकम जिल्लाका टाठा बाठाले अन्य काममा प्रयोग गरिईएको देखीएको छ ।

 

लुम्विनी सामाजिक विकास केन्द्र र सेसी काठामान्डौ बालुवाटारले गरेको सामाजिक जवाफ देहिता कार्यक्रम अन्र्तगतको सार्वजनिक बहस कार्यक्रममा जिल्लाका धातिवाङ्ग र सिद्धाराका स्थानीय वासिन्दाले आफनो विकासका लागी सरकारले विनियोजन गरेको रकम आफुहरुलाई जानाकारी नै नदिई अर्को काम प्रयोग गरेको बताएका हुन् ।


सिद्धारा वाड नम्वर १२३४ मा बेसार खेतीका लागी छुट्टाईएको २ लाख २० हजार रुपैया सबै सडक निर्माणमा खर्च गरिएको  छ । हाम्रो विकास लागी आएको पैसा हामीलाई कुनै जानाकारी नै नगराई यहाँका राजनितीक दलले सडक निर्माणमा खर्च गरेको स्थानीय सिद्धारा १ की कृर्षक कर्मधनु रोकाले बताउनुभयो । यस्तै धातिवाङ्गगमा दलित र जनजाती विशेशका लागी विनियोजन गरिएको १ लाख रुपैया सबै विद्युतिकरणमा खर्च गरिएको छ । हाम्रो गाउँमा दलित बस्तीमा खानेपानीको लागी भनेर गठन गरिएको समितीमा पधाधिकारी सबै बाउन क्षेत्री छन् स्थानीय बुद्धि बहादुर विकले भन्नुभयो २०६९ सालको असार महिनामा काम सक्ने गरि ल्याएको रकमकाम नै नगरि आफनो गोजिमा राखिरहेको विकले बतानुभयो ।


यस्तै महिला विशेशका लागी विनियोजन गरिएको १ लाख ६२ हजार रुपैया स्थानीय स्वास्थ्य चौकी भवन निर्माण र कार्यलयका कर्मचारीलाई तलव वितरण गरिएको छ । गाविसले हाम्रै महिलाको नाममा रकम छुट्टाएको छ तर परिषदमा बस्ने सदस्यहरुले स्वास्थ्य सस्थाको निर्माणका लागी बजेट फस्योट गरिदिएको रमा रेस्मीले बताउनुभयो । धातिवाङ्ग स्वास्थ्य चौकीका ईन्चार्ज मित्रदेव पौडेलले गाविसले महिला विशेश शिर्षकमा राखेको पैसा दलहरुका कारण आफुले स्वास्थ्य चौकी निर्माण र कर्मचारीलाई तलव दिएको स्वार्कार गरेका छन् ।

 

धातिवाङ्गमै दलित र जनजाती बाख्रा पालन भनेर विनियोज गरिएको ३५ हजार रकम स्थानीय टाठाबाठाले आफनै खल्तीमा राखेको स्थानीय रमानिसंह रेस्मीको भनाई छ  । धातिवाङ्गका वालवालिका विकासको लागी भनेर विनियोजन गरिएको १ लाख ४० हजार वालवालीको क्षेत्रमा काम नगरी धातिवाङ्ग मावीले आफनो वाणिज्य  बैङ्गको खातामा १ लाख राखेको छ भने अन्य स्थानीय प्रावी सबैले अफिस कोठा सिङ्गारमा खर्च गरेको पाईएको छ ।

 

यसरी एउटा शिर्षकको रकम अर्को शिर्षकमा खर्च गर्न नपाईने लुम्विनी सामाजिक विकास केन्द्रका सचिव तथा गाविसको एमसीपी हेर्ने अधिकारी सुरज सारुको भनाई छ । यस्ता समस्याले जिल्लाको विकासमा समानुपातिक विकासको अपेक्षु गर्नु बेकार हुने सारुले बतानुभयो ।  कागज मिलाई आएपछि आफुले बजेट फस्यौट गरेको धातिवाङ्ग गाविस सचिव आलोक अग्रहरीको भनाई छ । यस्तै सावजर्निक बहसमा उठेको विषय बस्तु सत्य भएकोले यसबारे आफुहरुल कानुनी प्रकि्रया अगाडी बढाईने सिद्धारा गाविस सचिव नारायण भट्टराई र अग्रहरीले प्रतिवद्धता जाहेर गर्नुभएको छ ।


जिल्लामा सबै जसो गाविसमा यस्तौ समस्या रहेको ७ गाविसमा सार्वजनिक बहसको अनुभव भएका लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडलेका भनाई छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु