१० वर्ष पछि अर्घाखाँचीमा जलेका नक्सा बन्ने

– गणेश खनाल


अर्घाखाँची । नेकपा माओवादीको दुई पटकसम्म आक्रमणमा परी ध्वस्त भएका जिल्लाका कार्यालयहरु मध्ये बढी मार खेपेको जिल्ला नापी कार्यालयको नक्शाक्कन कार्य हुने भएको छ ।

 


अर्घाखाँचीमा स्थापना गरिएको नापी कार्यालय, अर्घाखाँची ।

 

विशेश नापी कार्यलयले सन्धिर्खकमा गरेको अन्तरकि्रया कार्यक्रममा यहि मसिर देखी नक्सा सम्बन्धि काम सुरु गर्न लागिएको नापी अधिकृत नारायण रेग्मी जानाकारी दिनुभयो । उहाँका अनुशार १०३ कर्मचारीले १० समुहमा काम गर्ने तयारी भएको बताउनुभयो । सरकारले जिल्लामा विशेश नापी कार्यलय समेत स्थापना गरिसकेको छ ।


हामी कर्मचारी सबै तयारी अवस्थामा छौ तर एक तृतियाम्स बजेटले जिल्लामा रकम उपलव्ध नभएकाले फिल्डमा गएर काम सुरु नगरिए पनि टेवल कार्य भईरहेको रेग्मीको भनाई छ । पहिलो चरणमा सरकारी जग्गा र सार्वजनिक ठाउको नक्साक्कन गरिने सो अवसरमा बताईएको छ । २०६१ साल फाल्गुण २१ गते द्रोसो पटक माओवादी आक्रमणका क्रम जिल्ला नापी कार्यालय ध्वस्त भएपछि जिल्लाका सबै घरजग्गा लालपूर्जा रेकर्ड रजिष्टर लगायताका जमिनका नक्साहरु जलेका थिए । नक्सा नहुदा अर्घाखाचीमा जग्गा जमिनको कित्ताकाट लगायता सम्पूण प्रकि्रया रोकिएको छ ।


शान्ति प्रकि्रयाको सुरुवातसंगै राज्यका ध्वस्त संरचना लगायताका पून: निर्माणमा पहिलो प्राथमिकता दिई निर्माणमा जुट्ने भनिएतापनि अघिल्लो वर्ष कर्मचारी र सरकारका विच तलवका विषयमा कुरा मिल्न नसक्दा सुचारु हुन सकेको थिएन् यद्यपी अहिले भने काम हुनेमा स्थानीय आसावादी देखीएका छन् । हाल मालपोत कार्यालयले क्षेत्रफलको आधारमा मात्र दिशा खोली अनुमानका भरमा जग्गा पास गरिदिने गरेको छ । यसरी कित्ताकाट बिना नै अनुमानको भरमा जग्गा किनबेच गर्दा भोलीका दिनहरुमा आउनसक्ने गम्भिर समस्याप्रति भने जिम्मेवार निकायले कानमा तेल हालेर बसेको गुनासो जिल्लावासीको छ ।

 


भूगोलमा अर्घाखाँची जिल्ला


नापी कार्यालयमा पटकपटक जग्गा मिचिएका उजुरी पर्ने गरेपनि नक्साको अभावमा जनतालाई रित्तोहात पठाउन बाध्य भएको नापी कार्यालयको भनाई छ । यता पछिल्लो दुई्र वर्ष यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र आसपासका क्षेत्रहरुमा जग्गाको प्लटीङ्ग गरेर घडेरी बिक्री गर्ने क्रम अनुमानका भरमा दिन प्रतिदिन बढ्दै गएको छ । जग्गा व्यवसायीहरुले सदरमुकाममा प्रतिहात ५० हजारदेखि तिन लाख सम्म रकम असुलेर घडेरी बिक्री गर्दै आएका छन् । त्यसैले भविश्यमा कस्तो विकारल स्थिति निम्त्याउन सक्लासो सहजै अनुमान गर्न सकिन्छ ।


घर जग्गाको कारोबार गर्ने दलालहरुले एउटा जग्गाको कित्ता नम्बर देखाएर अर्को जग्गा पास गरिदिएको स्थितिको जिम्मेवारी कसले लिने स्थानीयवासीको गुनासो छ । दिशाका आधारमा बिना नक्सा पास गरिएका जग्गालाई बैंकहरुले समेत धितो राख्न इन्कार गरेपछि आफूहरु निक्कै सशंकित र चिन्तित भएको जिल्लावासीहरुले दुःखेसो पोख्छन् । विशेश नापी शाखाका अनुशार ३ वर्षमा नक्साका कार्य सकिने र ९ करोड बराबराको रकम आवश्यक पर्ने बताईएको छ । नापी कार्यलाई सहज बनाउनका लागी आफुहरु आवश्यक पर्ने ठाउमा सुरक्षु व्यवस्था मिलाईदिने नि प्रमुख जिल्ला अधिकारी भेषराज खनालले बताउनुभयो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु