थारुले थरुहट आन्दोलन प्रति ठूलो धोका र राजनैतिक गद्दारी गरेको आरोप लगाउँदै शुक्रवार देखि नै लागु हुने गरी उनलाई हटाइएको पार्टीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
पार्टीको कावा अध्यक्ष भानुराम थारु, बरिष्ठ नेता गोपाल दहित, महासचिव नन्द कुमार थारु लगायतका केन्दि्रय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले शुक्रवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीलाई कुनै जानकारी नदिई थारुले अन्य पार्टीको सदस्यता लिएको जानकारी दिए ।
गतबर्ष साउनमा नेपालगञ्जमा गठन भएको थरुहट तराइ पार्टीमा पदाधिकारी समेत ३९ जनाको केन्दि्रय कार्य समिति रहेको छ । पत्रकार सम्मेलनमा लक्ष्मण बाहेक पार्टीबाट कोही पनि नबाहिरिएको दावी गरियो ।