काठमाडौं । काठमाडौं स्थित संचारमाध्यमहरुले उल्लेख गरे अनुसार बिपक्षी कांग्रेस-एमालेले बाबुराम भट्टराईलाई राजीनामा गराएर कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न गरिरहेका बेला एकीकृत माओवादी अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन।
बाबुरामलाई हटाएपनि कुनै पनि हालतमा माओवादीको हातबाट सरकार गुम्न नहुने निष्कर्षमा पुगेका प्रचण्डले आफैं प्रधानमन्त्री बन्न कम्मर कसेका हुन।
भारतसहितका शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनिसकेको निष्कर्षमा पुगेका प्रचण्डले त्यसका लागि माहौल बनाउन