अमेरिका । आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको अन्तिम दौडमा रहेको अमेरिकामा सेप्टेम्बर महिनामा बेरोजगारी दरमा कमी आएको छ । यसबाट रिपब्लिक उम्मेदवार मिट रोम्नीबाट कडा टक्कर ब्यहोरिरहेका वर्तमान राष्ट्रपति एवं डेमोक्रेट उम्मेदवार बाराक ओबामालाई केही भएपनि राहत पुगेको छ । सन् २००९ पछिकै सबैभन्दा कमदरमा बेरोजगारीलाई झार्नसकेकामा आर्थिक मन्दीको चपेटामा परेको ओबामा प्रशासनलाई राहत बन्न पुगेको हो । एक लाख १४ हजार थप रोजगारी सृजना गर्दै ओबामा प्रशासनले अगस्टमा ८ दशमलव १ प्रतिशत रहेको बेरोजगारीलाई सेप्टेम्बरमा ७ दशमलव ८ प्रतिशतमा झार्न सफल भएको हो ।
पहिलो प्रत्यक्ष टीभी बहसमा मिट रोम्नीभन्दा पछाडि परेका ओबामाका लागि यो खबरले खुशी दिएको समाचार एजेन्सीहरुले जनाएका छन् । आर्थिक र विदेश नीतिलाई केन्द्र भागमा राख्दै चुनावी प्रतिष्पर्धामा उत्रेका ओबामा र रोम्नी दुबैले आ