गजल

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

छितिजको लाली बनी चम्किनु है तिमी 
जस्ले खुट्टा ताने पनि लम्किनु है तिमी 
गंगाजिको जल सरी बग्दै जानु सधैं भरी 
मौनतालाई तोडी ओठमा बम्किनु है तिमी 
बाध्यतामा कहिल्यै तिमी लाचार नबन्नु 
सत्य मार्गमा सुद्ध पबन हम्किनु है तिमी 
सँगर्सलाई खार्दै तिमी गन्तब्यमा पुग्ने छ्यौ 
.
अतितलाई बिर्सेर न”गम्किनु है तिमी 
चोट देला नियतिले कैयौ पटक जिबनमा 
खुसिको अनुभुति दुखमा छम्किनु है तिमी