भारत लक्षित अभियान थालेको नेकपा माओवादीका मोहन वैद्यद्धारा सो कार्यक्रम रोक्न अन्य विपक्षी दलबाट दबाब नआएको स्पष्ट

हिन्दी चलचित्र प्रदर्शन तथा भारतीय नम्बर प्लेटका सवारी साधनको सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको वैद्य नेतृत्वको माओवादीको अभियान रोक्न, सरकार विरोधी मोर्चामा उसको सहयात्री रहेका दलहरुले दबाब नदिएको अध्यक्ष मोहन वैद्यले बताएका छन्।


तर केही समयदेखि जारी उसका ती कार्यक्रमहरुप्रति दुई प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुले भने तीव्र आपत्ति जनाउँदै सहयात्रामा असर पर्ने चेतावनी दिएका छन्।

सरकारको विरोधमा एमाले र कांग्रेसको साथमा रहेको माओवादीले, उनीहरुको सरकार विरोधी मोर्चाको समितिमा भने सम्मिलित नभई संघर्षका आफ्ना कार्यक्रमहरु यथावत राख्ने जनाएको छ।