भेनेजुएलामा राष्ट्रपति पदका लागि निर्वाचन, ह्यूगो चाभेस तेस्रो पटक पुन: निर्वाचित

Venezuela's President Hugo Chavez gestures towards supporters during a campaign rally in Cabimas in the state of Zulia

 

 भेनेजुएलामा आज राष्ट्रपति पदका लागि निर्वाचन भएको छ। वर्तमान राष्ट्रपति ह्यूगो चाभेस र विपक्षी नेता हेन्रिके क्याप्रिलास चुनावी मैदानमा छन् । दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा भएको छ।

 

आज भएको निर्वाचनमा एक करोड ८० लाख मतदाताले मत दिएका छन् । ह्यूगो चाभेस १४ वर्षको अवधिमा राष्ट्रपति पदमा उम्मेदवार बनेको तेस्रो पटक हो । मध्यम वर्गीय परिवार अर्का उम्मेदवार क्याप्रिलास भने पेशाले कानूनविद हुन् ।


देश हितका लागि आफनो योगदान प्रशस्त रहेको र आगामी दिनमा पनि भेनेजुएली जनताको स्तरबृद्धीका लागि प्रतिवद्ध रहने बाचा ह्यूगो छ ।


क्याप्रिलासले भने चाभेसको विचार पुरानो भएको भन्दै भेनेजुएलालाई अगाडि बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । चुनाव प्रचार अभियानमा सत्ताधारी र विपक्षी दलका समर्थकबीच ठाउँ ठाउँमा झडप हुँदा दुई जना मारिएका थिए । चुनावलाई ध्यानमा राखी देशभर सुरक्षा व्यवस्था कडा बनाइएको खबरहरुमा जनाइएको छ ।

 

– Agencies