३५ करोड हिनामिना गरेको आरोपमा श्रीलंका फाइनान्सका कार्यकारी अध्यक्ष लगायत संचालकहरु पक्राउ

काठमाडौं । ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा श्रीलंका मर्चेन्ट एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष रुवी जोशी लगायतका संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन कार्यकारी अध्यक्ष जोशी र संचालकद्वय डा. श्रीराम लामिछाने तथा गौरीशंकर चौधरी छन् ।


उमेरले ६५ काटिसकेका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।


श्रीलंका मर्चेन्ट फाइनान्स, नेपाल बंगलादेश बैंकमा मर्ज हुनका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिईसकेको अवस्थामा उनीहरुले ब्यक्तिगत जमानीमा विना धितो ऋण प्रवाह गरेको, भाखा नाघेका ऋणीहरुलाई समेत थप ऋण दिएको लगायतका बैंकिङ कसुरमा उनीहरुमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।

 

– RSS