अर्घाखाँचीको नुवाकोटमा सरसफाइको चेतना फैलाउदै बिद्यार्थी बालबालिका

– प्रेमनारायण आचार्य

 
   अर्घाखाँची २२ असोज । सफा रहौ स्वस्थबनौ आफ्नो गाउँ आफै स्वच्छ  बनाउ भन्ने नाराका साथ अर्घाखाँचीको नुवाकोट गाविसमा बालबालिकाहरु गाउँको सरसफाइमा लागेका छन् । 

 



उनीहरु समय समयमा गाउका घर घरमा जाने चर्पी निमार्ण नगरेका घरकालाई चर्पी बनाउन लागाउने चर्पीमा मात्र दिसा पिसाब गर्न लगाउने खाना खानु अघि दिसा गरेपछि र फोहर मैला छोए पछि साबुन पानीले हात धुने तरिका सिकाउदै  गाउ गाउँमा हिड्ने गरेका छन् ।

 



नुवाकोट माबि चिदीचौर र यसोधरा निमाबि च्युरामाटीमा गठन भएका बालक्लबहरुका बिद्यार्थीहरु गाउ पुर्ण सरसफाई युक्त गाउ निर्माण गर्न लागि परेका छन् ।


हाम्रो गाउलाइ सरसफाइ युक्त गाउ बनाउने अभियानमा हामि लागेका छौ । घरदैलो अभियान साचालन गरेर गाउका बासिन्दालाइ सरसफाइको सन्देस फैलाएका छौ । साबुन पानले हात धुन र चर्पी प्रयोग गर्न समेत सिकाएका छौ । हामी हाम्रो गाउलाइ खुल्ला दसा मुक्त बनाउने अभियानमा लागेका छौ । नुवाकोट माबि चिदीचौरका बाल क्लबका अध्यक्ष संगम थापाले भने । उनले भने आगामी दिनमा सार्बजनिक स्थानहरुको सरसफाइमा केन्द्रित हुने घरघरमा जाने बाहिर दिसा पिसाब गर्नेको घरमा झण्डा गाड्ने सिठी बजाउने लगायतका कार्यक्रम गर्ने छौ ।

 



बिद्यार्थी हरु बिद्यालय सेबा क्षेत्र र आफ्नो गाउलाइ सफा सुग्घर राख्न लागि परेका छन् । यो अभियानमा हामि पनि सहभागि छौ नुवाकोट माबीका प्रधनाध्यापक पानबहादुर  बताउनु भयो ।


सन् २०१४ भित्रअर्घाखाचीलाइ खुल्ला अिसा मुक्त जिल्ला घोषणा गर्ने जिल्ला खाने पानी तथा सरसफाइ स्च्छता समन्वय समितिले गरेको निर्णयलाई कार्यन्वयन गर्न बिद्यार्थीहरु लागिपरेको र बिद्यार्थी सकि्रय भए पछि बिद्यालयको सरसफाइको दृष्टिकोणले मुहारै फेरिएको छ ।   यसोधरा निम्न माध्यमिक बिद्यालयका प्रधनाध्यापक बाबुराम खनालले बताउनु भयो ।

 



बाल क्लबहरुलाइ नेस्ट नेपाल इकार्डस नेपाल सिसेक अर्घाखाची र प्राग अर्घाखाचीले तालिम साचालन गरि गाउको सरसफाइमा लाग्ने उत्प्रेरणा पैदा गरे पछि बिद्यार्थीहरु सकि्रय भएर सरसफाइमा लागि परेको नुवाकोट माबि चिदीचौरका शिक्षक गंगा भुसालले बताउनु भयो ।

 


 

नेपालमा सन् १९७२ मा ढल निकास विभागको गठन भएपछि सरसफाइलाई योजनावद्ध रुपमा अगाडि बढाउन थालिएको हो । सन् १९८० देखि शौचालय निर्माणका लागि अनुदानमुखी पद्धति अवलम्वन गरिएको थियो जतिबेला नेपालमा २ प्रतिशतको मात्र शौचालयमा पहुँच थियो । राष्ट्रिय तथ्यांक अनुसार सन् २०१० मा शौचालय सुविधा भएका नेपालीको जनसंख्या ४३ प्रतिशतमात्र थियो ।

 



एकातर्फ नेपालले सहश्राव्दी विकास लक्ष्यमा सन् २०१५ सम्ममा सरसफाइ सुविधाबाट विाचतको संख्या आधा पार्ने प्रतिवद्धता जनाएको थियो भने अर्कोतर्फ सन् २०१७ सम्ममा सम्पूर्ण नेपालीलाई आधारभूत तहको खानेपानी र सरसफाइ सुविधामा पहुँच पुर् याउने लक्ष्य लिइएको छ । अनुदानमुखी पद्धतिबाट शौचालय निर्माणका लागि सहयोग प्रदान गर्दा सरसफाइप्रति समुदायको अपनत्व सृजना हुन नसकेको र सहश्राव्दी विकास लक्ष्य एवम् राष्ट्रिय प्रतिवद्धता पूरा हुन नसक्ने निस्कर्ष निकाली नेपालमा सन् २०१० देखि समुदायको अगुवाइमा पूर्ण सरसफाइ अभियान साचालन गर्न थालिएको हो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु