एकीकृत माओवादिका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका शीर्ष नेता समक्ष अन्य दलको पनि समर्थन जुटाएर पुनर्स्थपनामा जान सोमवार फेरि प्रस्ताव गरेका छन्।
विपक्षी दल काँग्रेसका कैयौं पूर्व सभासदले सोमवारै पुनर्स्थापनाका विषयमा छलफल शुरु गरेका छन्। नेकपा एमालेले पनि पुनर्स्थापना स्वीकार गर्न सकिने प्रतिक्रिया दिएको छ।
लामो अलमल पछि करिव एक महिनाअघि प्रमुख दलले संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरिएको बताएका थिए।
तर त्यस अघिका तमाम सहमति जस्तै पछिल्लो यो निर्णयमा पनि उनीहरु अडिग रहन सकेनन्।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसका शिर्ष नेताबीच राखेको प्रस्ताव सुनाउँदै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने,