विपना थापा
किमडाँडा, अर्घाखाँची
हाल- प्रेरणा संस्था अर्घाखाँची
म र मैले भोगेका दिनहरु:
मेरो नाम विपना थापा पार्बता थापा हो । मेरो घर अर्घाखाँची जिल्ला किमडाँडा गा.वि.स. वडा नं ०६ मा पर्दछ । मेरो घरमा बुवा आमा एक दाजु पाँच दिदिवहिनि छौं जसमध्येको म साहिली छोरी हुँ । मेरो वाल्यावस्था खुसीसाथ नै वित्यो । मेरो मा.वि. स्तरको पढाइ श्री जनता मा.वि पकले मा २०५६ सालमा एस.एल.सी. दिएर सम्पन्न भयो । मेरो बाबा भारतमा जागिरे हुनुहुन्थ्यो । बाबा आमा संगै दिल्ली भएकाले म पनि एसएलसी दिएपछि कम्प्युटर सिक्न भनि दिल्ली गएँ । एक वर्ष पछि म नेपाल फर्किए अनि खाँचीकोट गा.वि.समा मेरो विवाह भयो । मेरो श्रीमान पनि भारतमा जागिरे हुनुहुन्थ्यो । श्रीमानको जागिरको सिलसिलामा म पनि भारतको पुनामा भन्ने स्थानमा गएँ । त्यही बसाइको क्रममा हामीहरुमाझ एउटा छोरीको जन्म भयो अनि हामी नेपाल फर्कियौ । सोही समयमा मेरो ससुराको मृत्यु भएको थियो । बुवाको काजकि्रया सकेर मेरो श्रीमान जागिरको सिलसिलामा फेरी भारतको मुम्वइ जानुभयो । मुम्वइ पुगेपछि उहाँ एकदमै विरामी पर्नुभएछ उहाँ एकदमै कमजोर हुनुभएको रहेछ । अनि म लगाएत परिवारको आग्रहमा उहाँ नेपाल फकिनुभयो । उहाँ फकिर्ने क्रममा मेरो बाबा लिन जानुभयो मेरो काखमा ६ महिनाको नानी भएकाले म सन्धिखर्क सम्म मात्र लिन आए । उहालाइ देखेर म झसङ्ग भए झट्ट हेर्दा उहाको शरिर अस्थिपाजरले मात्र बनेको जस्तो देखिन्थ्यो। श्रीमानको स्थिती ज्यादै कमजोर भएकाले उहाँको उपचारार्थ हामीहरुले सन्धिखर्कस्थित डा.चित्र प्रसाद । शर्मा वाग्लेको मेडिकलमा लग्यौ । डक्टरको सल्लाहअनुसार उहाँको क्षयरोग र एचआइभी जाच गरियो । अपशोच रिर्पोट अनुसार उहाँ एच.आइ.भी संक्रमित देखिनुभयो । जव मैले रिर्पोट सुने मैले आफैलाइ सम्हाल्न गाह्रो भयोमलाई अव म यो संसारमा वाच्नुको कुनै औचित्य छैन जस्तो लाग्यो । तर के गर्नु सास छउन्जेल आस भनेझै उहाँप्रति मेरो आशा कायमै राख्दै मैले उहाँलाई मेरो माइतीघर किमडाँडा लगे । १५-१६ दिनपछि फेरि उहाँलाई एकदमै झाडापखाला लाग्यो र अत्यन्तै कमजोर हुनुभयो त्यसपछि हामीले अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना गर् यौ । ६ महिनाको नानी तथा सुत्केरी र पिरचिन्ताको कारण म पनि कमजोर भइसकेकी थिए यद्यपी मैले पाँच दिनसम्म अस्पतालमै बसेर श्रीमानको स्याहार सम्हार गरें । त्यस्तो दुःखको समयमा पनि मैले मेरो घरका कुनै व्यक्तीबाट कुनैप्रकारको सहयोग पाइन यसबाट म झनै दुखी भएँ । मेरा सवै दिन र रातहरु रोहेरै वित्थे । कताकता ति दिनहरु सम्झदा अझैपनि मेरा आँखाहरु रसाउँछन् । अव उहाँलाइ केहि गर्दा पनि साचो नहुने भएपछि हामीहरु घर गयौं ।
बि.सं २०६४ साल कार्तिक १३ उहाँले सदा सदाको लागी यो संसार छोड्नुभयो । उहाँको मृत्यु को कारण म झन धेरै पिरमा परे । म घरमा गइ काजकि्रया सकेर माइती मा आँए । मलाइ अव म पनि धेरै दिन बाच्दिन जस्तो लाग्न थाल्यो मलाइ मेरो भन्दापनि मेरा यि अबोध दुइ बालबच्चाको चिन्ता लाग्न थाल्यो । बाबा आमा नै नहुदा यि बच्चाहरु कसो गर्लान आफ्नो जिवन तथा भविष्य निर्माण कसरी गर्लान भन्ने चिन्ताले म निकै नै पिडित बने । रातमा बालबच्चा काखमा लिएर ओछ्यानमा पल्टदा यस्तै यस्तै कुराहरु सोच्दासोच्दै बिहान भइसकेको हुन्थ्यो सिरानी पुरै आँशुले भिजेको हुन्थ्यो । केही समय पछि मेरो भेट एच.आइ.भी सक्रमितहरु को संस्था सन्देश सहयोग समूह की अध्यक्ष पार्वती बन्जाडे सँग भयो । उहाँ आफूपनि एच.आइ.भी संक्रमित भएको तथा एचआइभी र एड्सको बारेमा धेरै कुरा बताउनुभएकाले मेरो मन अलि हल्का भयो । एच.आइ. भी. र एड्सको बारेमा केही कुरा जानिसकेपछि मलाइ पनि एचआइभी जाँच गर्नुपर्छ भन्नेा लाग्यो । त्यतीबेला अर्घाखाँची जिल्लामा भि.सि.टि नभएकाले म काठमाण्डौ गए त्यस समयमा काठमाण्डौस्थित बसुन्धारा मा प्रेरणा भन्ने एच.आइ.भी सक्रमितहरु को संस्था रहेछ । त्यहीबाट म एचआइ भी जाँचको लागी टेकु अस्पताल गएरगत जचाँए रिर्पोट आयो । मलाई पनि एच आइभी संक्रमण भएको रहेछ । मलाई अत्यन्तै दुःख त लाग्यो तर मैले मजस्ता संक्रमित साथिहरु पहिले नै भेटिसकेकेा र एच.आइ.भी. र एड्सको बारेमा जानकारी पाइसकेकी हुनाले जसोतसो मनलाइ सम्हाल्न सकें । मेरो मनमा अव मैले एच आइ भी एडस्को क्षेत्रमा केहि गर्नुपर्छ भने सोचको विकास भयो । कोहीपनि मान्छे एचआइभीबाट सक्रमित हुन नपरोस भन्ने मेरो चाहना रह्यो र अवसर पाए भने म पनि केहि गर्न सक्छु भनी म अवसरको खोजीमा थिए । २०६५ सालमा एच आइ भी र एड्सको क्षेत्रमा काम गर्नेगरी दुइ वटा गैह्रसरकारी संस्थाहरु अर्घाखाँची जिल्लामा आए । जसमध्ये मैलै नेपालमै एचआइभी। सक्रमितहरु को पहिलो संस्था प्रेरणा संस्थामा मेरा शैक्षिक योग्यता तथा स्वास्थ्य सम्बन्धि कागजपत्रहरु सहित निवेदन पेश गरे । कर्मचारी छनौटको लागी लिखित तथा मौखिक परिक्षाहरु भए जसमा म दुवै परीक्षामा सामुदायिक कार्यकर्ताको रुपमा उत्तिर्ण भए । हालसम्म पनि म यसै संस्थामा कार्यरत छु । अहिले म अर्घाखाँची जिल्लाका विभिन्न गाविसमा पुगेर एच आइभी र एड्स यौनरोग तथा कण्डमको बारेमा गाँउ गाँउमा जानकारी प्रदान गरिरहेको छु र गाउका सवै व्यक्तीहरुलाइ एचआइभी बाट बच्नुपर्छ भन्ने सल्लाह दिन्छु । म यसरी गाउँ गाउँ डुलेर कुना काप्चा पुगेर आफुले जानेको र भोगेका एचआइभी र एड्स यौनरोग तथा कण्डम सम्बन्धी जानकारी दिन लागेको आज पुरै दुइ वर्ष पुगिसकेको छ । म अहिले प्रेरणा परियोजना कार्यालय अर्घाखाँचीमा कर्मचारीको रुपमा काम गरिरहेकी छु । यस संस्थामा काम गर्न थालेदेखि म एकदमै उत्साहित छु । आजकल म भित्र अझै धेरै काम गर्ने जोस जाँगर पलाएको छ । तसर्थ करिव १० वर्षको अन्तरालपछि म पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीमा कक्षा ११ मा भर्ना भ्इ अध्ययन गरिरहेकी छु मेरो पढ्ने तिव्र इच्छा लाई पुरा गर्दै उक्त क्याम्पसले मासिक शुल्कमा छुट गरी मलाइ अझै हौसला प्रदान गरेको छ । अहिले मेरो बच्चा पनि सन्धिखर्ककै एक बोर्डिङ्ग स्कूलमा पढ्दै छ ।
अन्त्यमा म सवै जनालाई तपाईहरु एच.आइ.भी र एड्स बारेमा को विस्तृत जानकारी लिनुहोस । मलाइ जस्तो कसैलाइ संक्रमित बन्न नपरोस । तपाईहरु एचआइभी र एड्स बारेमा जानकारी प्रदान गर्न अर्घाखाँची जिल्लाका ४२ वटै गाविसमा विभिन्न संघसस्थाले काम गरिरहेका छन् सवैले आ-आफ्नो स्थानमा रहेका संघसस्थारुसँग सहकार्य गरी एचआइभी लाई फैलन नदिउँ । हामी आफ्नो लागी आफै काम गर्नुपर्छ तसर्थ एच.आइ.भी र एड्स बारेमा ज्ञान बढाउन आफु बच्न र परिवारलाइ बचाउनको लागी आजैदेखि पहल गरौं ।