नाईजेरीयाको उत्तरपुर्वी शहर माईदुगुरीमा सेनाको कारावहीमा ३० सर्वसाधारण मारीए

नाईजेरीया  । नाईजेरीयाको उत्तरपुर्वी शहर माईदुगुरीमा सेनाको कारावहीमा ३० सर्वसाधारण मारीएका छन् । गस्तीमा रहेको सैनीक टोलीलाई लक्षित गरेर गराईएको वम विष्फोटमा दुई सैनीक घाईते भएपछि सेनाले फायरीङ गरेको थियो ।


 
प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले अन्दाधुन्द फायरीङ गर्दै शहरका घरहरुमा आगजनी समेत गरेको थियो । फायरीङ र आगजनीमा परी कम्तिमा ३० सर्वसाधारण मारीएको स्थानीय अस्पताल स्रोतले जनाएको छ । आक्रमणका ५ जना इस्लामीक लडाकु पनि मारीएको खबर छ । पछिल्लो समय ईस्लामीक कटरपन्थी समुह बोको हरामको नियन्त्रणमा रहेको माईदुगुरीमाथि सेनाले नियन्त्रण लिने प्रयासस्वरुप घटना गर्राएको आशंका गरिएको छ ।


 
इस्लामीक सरिया कानुन लगाउन माग गर्दै बोको हरामले विद्रोह सुरु गरेयता अफ्रिकी मुलुक नाईजेरीयामा थुप्रैले ज्यान गुमाईसकेको छन् । अघिल्ले हप्तामात्रै दमातुरु शहरमा गरिएको सैन्य कारवाहीमा ३० जना विद्रोही मारीएका थिए ।

 

– Agencies