उत्तर कोरियाले अमेरिकाको मूल भूमिमै मिसायल आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाको राष्ट्रिय सुरक्षा आयोगले निकालेको विज्ञप्तिमा शत्रुविरुद्ध आणविक भने आणविक र मिसायल भने मिसायल आक्रमण गर्ने उल्लेख छ । जापान, दक्षिण कोरियामा अमेरिकी सेनाको आधारभूमि र अमेरिकाको मुख्य भूभाग आक्रमणको निशाना भित्र परेको उत्तरले दाबी गरेको छ ।
अमेरिका र दक्षिण कोरियाबीच गत आइतवार लामो दूरीको मिसायल खरिद सम्बन्धी सम्झौता भएको दुई दिनपछि नै उत्तरले यस्तो चेतावनी दिएको हो । सम्झौतापछि दक्षिण कोरियाको नयाँ मिसायलको मारहान्ने क्षमता ८ सय किलोमिटरसम्म हुनेछ र यसले उत्तर कोरियाको जुनसुकै भूभागमा आक्रमण गर्ने क्षमता राख्दछ । प्योङयाङले लामो दूरीको मिसायल तयार गरिरहेको अनुमान छ तर उसका पछिल्ला दुई रकेट परिक्षण भने असफल भैसकेका छन् ।
– Agencies