मिट रोम्नीले राष्ट्रपति बाराक ओबामाको वैदेशिक नीतिका कारण अरब मुलुकमा संघर्ष चर्केको भन्दै आलोचना

ओबामाको वैदेशिक नीतिका कारण अरब मुलुकमा संघर्ष चर्केको रोम्नीको आरोप अमेरिका  । राष्ट्रपति पदका अमेरिकी उम्मेदवार मिट रोम्नीले राष्ट्रपति बाराक ओबामाको वैदेशिक नीतिका कारण अरब मुलुकमा संघर्ष चर्केको भन्दै आलोचना गर्नुभएको छ ।

 

अमेरिकाको भर्जिनियामा चुनावी प्रचारका क्रममा रिपब्लिकन पार्टीका उम्मेदवार रोम्नीले ओबामाको कमजोरीकै कारण मध्यपूर्वको हालत दिन प्रतिदिन खराब हुँदै गएको बताउनुभयो । इजिप्ट, इजरायल, ईरान, अफगानिस्तानमा हिंसा नियन्त्रण नहुनुमा ओबामा दोषी रहेको रोम्नीको भनाइ छ ।

राष्ट्रपतिमा आफूले जितेमा ईरानको परमाणु कार्यक्रम नियन्त्रण गर्ने दाबी पनि रोम्नीले गर्नुभएको छ । ईरानमाथि ओबामाले लगाएको प्रतिबन्ध फितलो भएकै कारण ईरानले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

 

ओबामाको नीतिकै कारण लिबियाको बेन्गाजीमा अमेरिकी राजदूत मारिएको आरोप पनि रोम्नीले लगाउनुभयो । ओबामालाई राष्ट्रपतिमा फेरि जिताए अमेरिका पतनको बाटोमा जाने रोम्नीको ठहर छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ ।

 

– Agencies