काठमाडौं ,आश्विन २३ । केहीको राजीनामा र केहीले अनिवार्य अवकाश पाएपछि सरकारी निकायका ६ वटा कार्यालय आजदेखि सचिवविहीन हुँदैछन् ।
आजदेखि तीन जना सचिवले अनिवार्य अवकाश पाउँदै छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीप्रसाद काफ्लेले हिजो राजिनामा दिनुभएको छ । राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने र उद्योग सचिवले पनि यस अघिनै राजिनामा दिएकाले ६ वटा निकाय सचिवविहिन भएका हुन् ।
सचिवहरुको राजीनामा तथा अवकाशका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयलगायत कार्यालय सचिवविहीन हुने भएका हुन् ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव बालानन्द पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव ताना गौतम र सिंचाई सचिव वृन्दा हाडाले आजदेखि अनिवार्य अवकाश पाएका हुन् । उनीहरु सबैले पाँचबर्षे कार्यकाल सकिएर अवकाश भएको हो ।
– RSS