बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीको बैठकले राष्ट्रियताको रक्षा तथा वर्तमान राजनीतिक तथा संवैधानिक समस्याका समाधानका लागि वर्तमान सरकारको विस्थापन अनिवार्य भएको निष्कर्षसमेत निकालेको छ । घोषित कार्यक्रम अनुसार कात्तिक १ देखि १५ गतेसम्म प्रचारात्मक, १६ देखि ३० गतेसम्म सम्म देशव्यापी रुपमा वर्तमान सरकार र सङ्घीयताका विरुद्ध सभा र अन्तत्र्रिmया कार्यक्रमहरु गर्ने र मङ्सिर १२ देखि १९ सम्म गाउँ तथा नगरस्तरीय सभाहरुको आयोजना गरिने जनाइएको छ । अन्तिममा मङ्सिर २० गते देशव्यापी रुपमा जिल्लास्तरीय विरोधसभाहरुको आयोजना गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ । सरकारका विरुद्ध संयुक्त आन्दोलनलाई समेत अगाडि बढाउन प्रयत्न गर्ने जनमोर्चाको निर्णय छ । बैठकले एकीकृत माओवादी र नवगठित माओवादी दुवैसँग कार्यगत एकताको नीतिलाई खुला गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा पार्टीको निजी भवन निर्माण गर्ने निर्णय पनि गरेको छ ।
Source:Rss