बेपत्ता परिवार समाजले प्रधानमन्त्री निवास बालुवाटार घेराउ

सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनको आरोप लागेका नेपाली सेनाका महासेनानी राजु बस्नेतको बढुवा फिर्ताको मागगर्दै बेपत्ता परिवार समाजले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । बालुवाटार घेराउको क्रममा प्रहरीसँगको झडपमा ६ जनाभन्दा बढि आफ्नोतर्फका मानिसहरु घाइते भएको बेपत्ता परिवार राष्ट्रिय सञ्जालका संयोजक रामकुमार भण्डारीले जानकारी दिनुभयो । झडममा केहीको टाउकोमा गम्भीर चोट लागेको छ ।  घाइतेहरुको राजधानीका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वेपत्ता परिवारको घेराउमा नेकपा माओवादीको ऐक्यवद्धता रहेको थियो । केही समय पहिला राष्ट्रिय स्वाधिनता र जनजिविकाका मुद्दालाई समेटेर वर्र्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे माग पत्र बुझाएको थियो । घेराउ मार्फत ध्यानआकर्षण गराएको तर ध्यानाकर्षण गराउदा पनि माग संबोधन नभए थप आन्दोलनको घोषणा गर्ने माओवादीले जनाएको छ ।  

 

Source:Rss