– प्रेमनारायण आचार्य
अर्घाखाची २३ असोज । अर्घाखाचीको ढिकुरा गाविसमा रहेको सारदा उच्च माध्यमिक बिद्यालयमा गठन भएको बाल क्लबको छलफल तथा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालक्लबका पदाधीकारी तथा सदस्यहरुले आफ्नो बिद्यालय सेबा क्षेत्र गाउ तथा समुदायलाइ पुर्ण सरसफाइ अभियानमा आबद्ध बनाउन आफुहरु प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
यस्तै कार्यक्र्ममा असोज २९ गतेको विश्व हात धुने दिबस बिभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाउने र सरसफाइको चेतना र निगरानी गर्दै गाउमा अनुगमन गर्ने पनि बिद्यार्थीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बाल क्लबका कार्यबहाक अध्यक्ष लक्ष्मी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षकहरु बाबुराम चुदाली नबराज अधिकारी र दुर्गा प्रसाद आचार्य लगायतले सरसफाइ अभियानको बारेमा मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण सहज कर्ता प्रेमनारायण आचार्य र राधा नेपालीले गरेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।