सिरियामा विद्रोहीहरुद्धारा एअर फोर्स गुप्तचर निकायको मुख्यालयमा आत्मघाती आक्रमण

सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध संघर्ष गरिरहेका विद्रोहीहरुले एअर फोर्स गुप्तचर निकायको मुख्यालयमा आत्मघाती आक्रमण गरेका छन् । राजधानी दमस्कस नजिकको हारास्तमा रहेको मुख्यालयमा गराइएको आक्रमणमा धेरै जना मारिएको दाबी विद्रोहीको छ ।


आक्रमणकारीले कार वम विष्फोट गराएको बताइएको छ । विष्फोट लगतै रातभर दोहोरो भिडन्त समेत भएको थियो । उक्त मु्ख्यालयमा राष्ट्रपति असादका सुरक्षाकर्मीले सयौं विरोधीलाई पक्राउगरी यातना दिने गरेको अधिकारकर्मीको दाबी छ ।


आक्रमणपछि त्यहाँ राखिएका बन्दीहरुको अवस्थाबारे सरकारी पक्षले केही बताएको छैन । सेना भन्दा सानो तहको भए पनि एअर फोर्स गुप्तचर निकायले विपक्षी इस्लामिक समुह विरुद्धको कारवाहीमा मुख्य भूमिका निभाउंदै आएको थियो ।

 

-एजेन्सी