गणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले दशैंको अवसरमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले पुर्नस्थापित संविधानसभाले संविधान जारी गर्ने तथा बिबादित बिषय हल गर्ने अधिकार व्यवस्थापिका संसदलाई दिएर जान सकिने प्रस्ताव गरेका छन्।
‘यस अघि नै भइसकेका सहमति समेटेर नयाँ संविधान जारी गर्नुपर्छ, त्यसका लागि केही समयका लागि भएपनि संविधानसभा पुर्नस्थापना गरेर जानु पर्छ भनेको हुँ’ अध्यक्ष दाहालले भने, ‘बिबादका बाँकी बिषय हल गर्नका संविधानसभाको निर्वाचन गर्नु नै जरुरी नै छैन, त्यसका लागि व्यवस्थापिका संसदको निर्वाचन गरे मात्र पुग्छ।’ व्यवस्थापिका संसदलाई संविधानका बिबादित बिषयमा सहमति खोज्ने अधिकार दिएर जान सकिने दाहालको भनाई छ।