लमजुङ । लमजुङको खुदी गाउँ विकास समितिका सचिव गोविन्दबहादुर राउतले सामाजिक सुरक्षा भत्ता वितरणमा अनिमियतता गरेको खुलासा भएको छ । अनिमियतताको विषयमा जनगुनासो आएपछि छानविनका लागि जिल्ला विकास समिति लमजुङले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सचिव राउतले अनिमियतता गरेको स्वीकारेका हुन् ।
सार्वजनिक सुनुवाईमा सचिव राउतले ६० जना भन्दा बढीको सामाजिक सुरक्षा भत्ता वितरणमा किर्ते र अनिमियतता गरेको स्वीकार गर्दै भत्ता नपाएकाहरुलाई पुनः घर