एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक जारी

पार्टीले आगामी माघमा गर्ने महाधिबेसनको कार्यसूची तयार पारको एकीकृत नेकपा माओवादीको पदाधिकारीको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा आज सार्वजनिक गर्ने भनिएको महाधिबेसनको कार्यसूची, अध्यक्षको विदेश भ्रमणका बेला राजनीतिक सहमतिका लागि पार्टीले चाल्ने कदम लगायतका विषयमा छलफल भईरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयको बैठकले तयार गरेको कार्यसूचिलाई अहिले बसिरहेको पदाधिकारी बैठकले अन्तिम रुप दिएपछि दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने माओवादीको तयारी छ ।

आजको बैठकले त्यसलाई अन्तिम रुप दिएपछि सार्वजनिक गरी जिल्ला जिल्लामा पठाउने छ । एकीकृत माओवादीले सहमति नभएसम्म सरकारबाट राजीनामा नगर्ने तर सबै विकल्प खुला राखेर वार्ता गर्ने सहमति अनुसार आन्तरिक गृहकार्य गरिरहेको छ ।