आफ्नै पत्नी र छोरीको कपी जाँच गरी लोकसेवामा पास गराए


गत वर्ष सर्वोत्कृष्ट निजामति पुरस्कार बापत सरकारबाट दुई लाख रुपियाँ पुरस्कार पाएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमले लोकसेवा लिखित परीक्षामा आफ्नै पत्नीतको कपी जाँच गरी पास गराएको फेला परेको छ। त्यस्तै पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले आफ्नै छोरीको कपी जाँची पास गराएको पनि फेला परेको छ।गौतम ४ दिनदेखि शिक्षा मन्त्रालयमा काजमा सरुवा भएका छन्।

शिक्षा सेवा, शिक्षा प्रशासन समूह अन्तर्गतको विद्यालय निरीक्षक पदमा दुबै सरकारी पद धारण गरेकाले आफ्नो पत्नी र छोरीलाई पास गराएका हुन्। गौतमले पत्नी इन्दिरा ढकाल गौतम र सिन्हाले अन्तिमा कुमारी सिन्हालाई परीक्षामा पास गराएका हुन्।

आयोगको विज्ञापन नम्बर २५८८-२५९३/०६८-६९ बाट विद्यालय निरीक्षक पदमा गौतम पत्नीह र सिन्हाकी छोरीले परीक्षा दिएका थिए। लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका २०६७ को अनुसूची १९ को उत्तर पुस्तिका परीक्षण गरी पठाउने अनुरोध पत्रको बुँदा नं ८ मा परीक्षणकर्ताको कुनै नातेदारले परीक्षा दिएको भए सिलवन्दीरुपमा नै उत्तर पुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्ने प्रावधान उल्लेख छ।

उनीहरुले आफ्नालाई पास गरेको अनुसन्धानबाट खुलेपछि लोक सेवा आयोगले दुबैको परीक्षा रद्ध गर्ने निर्णय गरेको जनाएको छ।

 

 

हेर्नुस् त लिखित परीक्षाको नतिजामा उनीहरुको नाम-

khula

यो हेर्नुस् त खुलामा छोरीको नाम एक नम्बरमा अनि पत्‍नीको दुई नम्बरमा। अनि तल हेर्नुस् महिलातर्फ पनि उस्तै।


mahila


दुई तिर भएर मात्र नपुगेर अझ मधेसीतर्फ पनि सिन्हाको नाम एक नम्बरमा छ।


madhesi


खासमा कपि जाँच्नेको कुनै नातेदारले लोक सेवाको परीक्षा दिएको भए जाँच्नेले सिलबन्दी रुपमा नै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नु पर्ने प्रावधान छ। तर उनीहरुले केको फिर्ता गर्थे, बरु सकेसम्म धेरै नम्बर दिएर अगाडि पारिदिए। तर अब उनीहरु अयोग्य भएका छन्। यो विषयमा छानबिन गरी लोक सेवा आयोगले ती दुई जनाको परीक्षा रद्द गरेको सूचना हिजै सार्वजनिक गरिसक्यो। हेर्नुस् सूचना-



 




Source:Nagarik News