नेपालका कतिपय सञ्चार माध्यमहरुको विश्वसनीयता धरापमा पर्दै गईरहेको सर्वेक्षण

काठमाडौं । निष्पक्ष समाचारको प्रचार प्रसारको अभावका कारण नेपालका कतिपय सञ्चार माध्यमहरुको विश्वसनीयता धरापमा पर्दै गईरहेको निष्कर्ष एक कार्यक्रमका सहभागीले निकालेका छन् ।

 

प्रेस काउन्सिलले आज राजधानीमा गरेको कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पत्रकार आचारसंहिता पालना गर्नेतर्फ सवै सञ्चार माध्यमहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


पछिल्लो सर्वेक्षण अनुसार टेलिभिजनहरुमा दृष्य प्रसारण गर्दा विभत्स दृष्यहरु प्रसारण गर्न नहुनेमा सहभागीहरुले जोड दिए् । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, प्रेस काउन्सिलका अध्याक्ष नारायण शर्मा, टेलिभिजन इडिटर्स गिल्डका अध्यक्ष महेन्द्र विष्टले संचार माध्यमको विश्वसनीयताका बारेमा आ