–मनोज कुमार डाँगी
सोचें कति लेख्नलाई कलम अधि सरेन
एकान्तमा आँखा चिम्ली शब्द कुनै फुरेन
छैन मेरो ज्ञान भण्डार चिठ्ठी पत्र परेन
नत्र लेखी भरिदिन्थें मायाँ प्रिति गरिन ।
फेरि पनि कोसिस गरें जोर मेरो चलेन
चट्चट् टाउको दुख्न थाल्यो सम्झनामा परेन
थकाई मार्दा कुनै पल कलम कापी फालिन
विश्राम गरी लेख्न खोज्दा बिषय नै परेन ।।
भाँडा माजी चम्चा पुछ्दै गन्न पनि सकिन
दुःख पर्दा आफ्नै मर्म खोल्न किन सकिन
दोबाटोमा भेटी चढाई धुप मैले बालिन
चट्टान फोर्दै माटो खारी शब्द खोज्ने गरिन ।।।
निद्रा छैन एक्लै हुँदा ब्युझि हेर्न सकिन
झुलाई आँखा अर्ध निद्रा उँघी लेख्न सकिन
सिरानीको कापी कलम फाली सुत्ने गरिन
आफ्नै मनले लेख्या कुरा सपनिमा देखिन्न ।।।।
लेख्दै थिएँ शब्द भरि मैले भाव बुझिन
गलापासो खोली आँफै मसि भर्न खोजिन
किन होला मैले आज बाटो रोज्न सकिन
अन्तिम भन्दै बिटमारी कलम फ्याक्न सकिन ।।।