रसुवा । रसुवाको हाकु गाविसको वडा नम्बर ७ स्थित कालिका प्राथमिक विद्यालयमा एकाएक विरामी परेपछि विद्यालय नै बन्द गरिएको छ ।
विद्यालयमा ९० जना विद्याथी रहेकोमा उनीहरुलाई टाउको दुख्ने, वान्ता हुने, रिंगटा लाग्ने र ज्वरो आउने भएको एक सातादेखि विद्यालय बन्द गरिएको प्रधानाध्यापक सानु तामाङले बताएका छन् ।
उपचारका लागि स्वास्थ्य चौकी समेत नरहेकाले विद्यार्थीहरुलाई के भएको हो भन्ने निक्र्यौल हुन नसकेको पनि तामाङले बताएका छन् ।
– RSS