पाकिस्तानको खाइवर प्रान्तको व्यस्त बजारमा आत्मघाती विष्फोटमा परी कम्तिमा १५ जना मारिए

पाकिस्तानको खाइवर प्रान्तको लारा आदम खेल शहरको व्यस्त बजारमा गराइएको आत्मघाती विष्फोटमापरी कम्तिमा १५ जना मारिएका छन् । आक्रमणमा २५ भन्दा बढी घाईते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।


घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । स्थानीय अधिकारीहरुले सरकारले तालिवान लडाकु विरुद्ध तयार पारेको विशेष दस्तालाई आक्रमणको निशाना बनाइएको बताएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन ।

 

पेशावर नजिकको सानो आदम खेल शहर स्थानिय रुपमा बनाइएका हतियार ओसार पसार गर्ने थलो मानिन्छ ।

 

– एजेन्सी