नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसको नेतृत्वमा सरकार बने मात्रै मुलुकमा आर्थिक विकास सम्भव हुने दाबी गरेका छन् ।
आज प्रजातन्त्र सम्बद्र्धन केन्द्र नेपालगञ्जले गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका महतले माओवादीको शैली र सोचले मुलुकको आर्थिक विकास सम्भव नहुने वताए ।
कुनै पनि देशको आर्थिक विकासका लागि सरकारको नेतृत्व लोकतन्त्रवादीहरुले गर्नुपर्ने उनको भनाई थियो ।
नेता महतले कांग्रेस नेतृत्वको सरकारले शुरु गरेका आर्थिक सुधार र पूर्वाधार विकासका कार्यक्रमले नै अहिलेसम्म मुलुकको आर्थिक अवस्थालाई थेगिरहेको दाबी पनि गरे ।
– RSS