काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीको बोली फेर्ने प्रवृतिले सहमतिको कुरा अझै टाढिएको वताएका छन् ।
आज एमाले मुख्यालय बल्खुमा भेरी अञ्चल सम्पर्क समितिले गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले माओवादीकै कारण सहमतिको सम्भावना कमजोर बनेकोले आन्दोलन मात्रै विकल्प भएको दाबी गरे ।
एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकृत माओवादी र मधेशी मोर्चाको गठबन्धनलाई विश्वास गर्न नसकिने वताए । प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि बाटो खोज्नुपर्ने गौतमको भनाइृ थियो ।
कार्यक्रममा भेरी अञ्चल क्षेत्रमा रहेर पार्टी काममा महत्वपूर्ण भूमिका खेलेको र सम्पर्क समति स्थापना कालमा संयोजकको भूमिका निर्वाह गरेको भन्दै उपाध्यक्ष गौतमलाई सम्मान गरिएको थियो ।
– RSS