काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले पूर्ण आकारको बजेट ल्याउनै नमिल्ने प्रष्ट पारेका छन् । संसद नरहेको अवस्थामा दलहरुको सहमतिमा मात्र पूर्ण बजेट ल्याउन सकिने भन्दै उनले राजनीतिक सहमति नजुटेसम्म पूर्ण बजेट ल्याउन नमिल्ने वताए ।
आज राजधानीमा नेपाल चेम्बर अफ कमर्शको ६० औं स्थापना दिवसको उद्घाटन गर्दै राष्ट्रपति यादवले संसद् नरहेको अवस्थामा राजनीतिक सहमति बिना पूर्ण बजेट ल्याउन नसकिने स्पष्ट पारेका हुन् ।
आफुले दलहरुबीच प्याकेजमै सहमति चाहेको उल्लेख गर्दै राष्ट्रपति यादवले नेताहरुले भने स