दशै तिहार अगाडी सहमति नहुने शान्ति मन्त्रि रायमाझीको भनाई

– प्रेमनारायण आचार्य

 

शान्ति तथा पुन निर्माण मन्त्रि टोप बहादुर रायमाझीले दशै तिहार अगाडी सहमति हुने सम्भावना नभएको बताउनुभएको छ । 

 

अखिल नेपाल शिक्षक संगठन अर्घाखॉचीको तेस्रो जिल्ला सम्मेलनको शनिवार सन्धिर्खकमा उढ्घाटन गदै मन्त्रि रायमाझीले दलहरु विच संसद पुनस्थापना की नयॉ चुनाव भन्ने बारे सहमति नभएकाले चाड पर्व अगाडी सहमति हुने सम्भावना निकै कम रहेको बताउनुभएको हो । सरकार संसद पुनस्थापना वा नया चुनाव जे पनि मान्न तयार रहेको मन्त्रि रायमाझीले स्पष्ट गर्नुभयो । 

 

एकिकृत नेकपा माओवादीका नेता समेत रहनु भएका रायमाझीले दलहरु विच सहमती नभए सम्म बर्तमान सरकारले राजिनामा नदिने बताउनुभयो । दलहरु विच अगाडी जाने की पछाडी हट्ने भन्ने विच विवाद रहेको भन्दै मन्त्रि रायमाझीले अहिले नेपालमा चार शक्ति रहेको र अन्त्यमा दई शक्ति विच लडाई जारी रहने दावी गर्नुभयो । 

 

राष्ट्रपति पनि आफनै र प्रधानमन्त्रि पनि आफनौ हुनुपर्छ भन्ने काग्रेसको विचार सत्ता कव्जा गर्ने मनासयको अभिव्यत्ति भएको भन्दै आफनो हठ छोडेर अगाडी बढ्न काग्रेसलाई आग्रह गर्नुभयो । यद्यपी दलहरु विच राष्टलाई निकास दिने विषयमा सहमति भए आफुहरुले जसको नेतृत्वमा सरकार बने पनि सहभागी हुने बताउनुभयो ।  प्रतिपक्ष दलको अवरोधका कारण बर्तमान सरकारले केहि गर्न नसकेको बताउनुभयो । 

 

नेपालमा संयियता सहितको सविधान जारी गरि स्थायी सरकार चलाउने बातावरण बनेपछि शिक्षा क्षेत्रमा देखीएका समस्या आफै हल भएर जाने बताउनुभयो । माओवादी नेता रायमाझीले मोहन बैधको समुहले अग्रगमन भन्दा पश्यगमनको बाटो अबलम्वन गरेको भन्दै सो समुह पतन भएर जाने जिकिर गर्नुभयो ।