हामी नेपालीको सुविधाको लागि स्थापित भएका हौ – सुपा देउराली टुर एन्ड ट्राभल्सका अध्यक्ष हरी भट्टराई



 
हामी नेपाली रोजीरोटीका लागि मुग्लान जाने गर्छौ । यधपी त्यही मुग्लानमा बिभिन्न संघसस्था एवब व्यवसाय पनि सन्चालन गरिने गरेका उदाहरण छन । अर्घाखाँचीका युवाहरु मिलेर बिदेशमा धेरै उदाहर्णिय कार्य गरेको पाईन्छ । बिभिन्न समाजिक संघसस्था तथा व्यवसाय सन्चालन गर्न सक्नु पक्कै पनि महान कार्य हो । यसै सेरोफेरोमा भारतको राजधानी दिल्ली तथा भारतका बिभिन्न शहरमा सेवासुविधा दिनका लागि जीप व्यवसाय समिति सन्चालित छ । नेपाली खास गरी अर्घाखाँचीका कृयशिल युवाहरुको सकृयतामा सन २००३ मा स्थापित सुपा देउराली टुर एन्ड ट्राभल्सका अध्यक्ष हरी भट्टराई सग अर्घाखाँची डट्कम् का बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउंलेले गरेको बिशेष कुराकानी :



डट्कम् : तपाईं लाई स्वागत छ ।

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- धन्यवाद , म हरी भट्टराई सुपा देउराली जीप यातायात व्यवसायी समिति दिल्ली ।



डट्कम् : यो मुग्लानमा हामी रोजगारी गर्न आएका हौ होइन र ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- हो पक्कै पनि हामी प्राय सबै रोजगारीका लागि आएका हौ । यधपी हामीले रोजगारी गर्दागर्दै त्यसबाट बचेँको समय र कमाएको पैसालाई सदुपयोग गर्दै गरेको कार्यको प्रतिफल हो यो । हामीले नोकरी गरेर मात्र हुँदैन । सधैंभरी यो सम्भब पनि होइन । हामीले आफु र आफ्नो देशको पहिचानका लागि र नेपाली नागरिकको हितका लागि यातायात व्यवसाय समिति स्थापना गरेका हौ ।



डट्कम् : यो कस्तो अवधारणाले कहिले कसरी स्थापना गरिएकोहो ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- यो नाफामुलक भन्दा पनि सेवा मुखी सस्था हो । यधपी नाफाकै लागि सेवा प्रदान गर्दछौ । त्यसमा पनि सेवा नै जोडिएको हुन्छ । खास गरी प्रवास अर्थात छिमेकी मुलुक भारतमा सबै भन्दा बढि नेपाली कार्यरत छौ । यही मुलुकमा कार्यरत नेपाली नागरिकले नै सबै भन्दा बडी दु:ख पाइरहेको अवस्था छ। त्यसर्थ यहाँ दु:ख पिडामा पर्नु भएका नेपालीको उद्दारका लागि पनि हामीले पहल गरेका छौ । सिमामा लुटिने कुटिने र बिभिन्न चाडबाडमा नेपालीहरुले प्रयाप्त यातायातका साधन नहुँदा वा राम्रो सुबिधा नभएकाले बाटोमै अलपत्र पर्ने गरेका कारण पनि हामीहरुले नेपालीकै सम्लगनतामा यातायात व्यवसाय समिति बनाएर अघी बड्ने योजना बनाएका हौ । कतिपय साथीहरुले त्यस अघी ब्यातिगत रुपमा आफ्ना “प्राईभेट” साधन राखेर पनि सेवा गर्नु भएको थियो । त्यसो गर्दा अलिक जोखिम बडी हुने र गैरकानुनी हुने भएकोले यहाँ( भारतमा ) दर्ता गराएर , नेपालमा रहेका बिभिन्न यातायात व्यवसायी समिति सग संपर्क समन्यव गरी काम गरिरहेका छौ । यो सन २००३ मा स्थापना गरिएको हो । स्थापना कालमा शेखर कुवर , तुल्सी पौडेल , कृष्ण पौडेल , शोभाखर पन्थी, राजु केसी , म लगायत अन्य धेरै जना हुनुहुन्थ्यौ । म उतिबेला समिति भन्दा बाहिर थिए । पछी बाहिर बाटनै मैले केही सल्लाह दुझाब दिई रहन्थे । पछी त्यसै सुझाबलाई ख्याल गर्दै हामी समिति निर्माण गरेका हौ । र अहिले यो स्थानमा आएर आएका छौ ।



डट्कम् : कसरी चलाऊदै हुनुहुन्छ ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- यहाँ स्थित बिभिन्न ब्यवसायी तथा केही गर्नु पर्छ भन्ने मान्यता बोकेका ब्याक्तीहरुको सहयोग एवम संलग्नता छ । अहिले हाम्रो ८ जनाको कार्यसमिति छ । कार्य समितिमा ३ जना लाई फुल टाइमर को रुपमा राखेका छौ । सबै मिलेर समन्व्यब गरी काम गर्दा सफल भएका छौ । हामीले प्रत्येक सवारीको महिनामा केही शुल्क लिने गर्छौ । त्यही शुल्क बाट उठेको रकमलाई फुल टाइमरलाई तलब तथा सेवा दिन सकेका छौ ।



डट्कम् : अहिले समितिमा के कती सवारीसाधन दर्ता भएका छन ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- हामी सग १७ – १८ वटा जती छन । सबै गरी २० को हाराहारीमा छन ।



डट्कम् : के कस्ता चुनौती छन त ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- समय समयमा नेपालमा हुने आन्दोलनमा भारतीय नम्बर प्लेटका गाडी गूड्न दिदैनन । सिमामा पनि समय समयमा दु:ख दिने काम हुन्छ । तर पनि मिलेर समन्वयब गरेर गर्दा राम्रो भएको छ । कानुनी रुपमा पनि कहिले कसो असजिलो हुन्छ ।



डट्कम् :नेपालका कुन कुन ठाउँमा पुराउनु भएको छ त ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- त्यो त नेपाली नागरिकको चाहना अनुसार हामीले लाने हो । बूकिङ गरे अनुसार नेपालका बिभिन्न स्थान सम्म लैजान्छौ । अन्यथा कृष्ण नगर हुँदै गुरुसिङे , अर्घाखाँची सन्धिखर्क , बुटवल , पाल्पा , नेपालगन्ज , तम्घास , पोखरा , र काठमान्डौ लगयात देशका बिभिन्न स्थानमा नियमित पुराएका छौ ।



डट्कम् : दसैं तिहार जस्ता महान पर्व आए , अहिले त निकै चाप होला नि ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- हो यो समय धेरै नै यात्रु पाउछ । यही समय हो हामीले बजार बनाउने पनि । यसै समयलाई ख्याल गरेर हामीले नेपाल बाट बस समेत ल्याउदै छौ । दिन को ३ देखी ४ पाच वटा जीप दैनिक गएका छन ।


 

सुन्नमा आए अनुसार केही गैर-कानुनी काम हुन्छन रे नि ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- भन्नाले कस्तो काम ? समितिको नाम बाट ?



डट्कम् : जस्तो लागु पदार्थ ओसार पोसार गर्छन् रे नि त ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- त्यस्तो हुँदैन । अक्क्ल झुक्कल हाम्रा साधनमा आउँदा यात्रुले त्यसो गरेको भए त्यो हाम्रो गल्ती होइन । हाम्रा गाडीहरु पूर्ण रुपमा चेकजाच गरेर आउछन । गैरकानुनी काम नहोश भनेर हामीले पनि प्रशासनलाई सहयोग गरेका छौ । हाम्रो नाम बदनाम गर्न अरुले त्यस्तो गरेका वा भनेका हुन सक्छन ।



डट्कम् :सुन्नमा आएको र र डट्कम् ले देखेको : दिल्ल्लीमा २ वटा स मि ति त्यो पनि दुई नै अर्घाखाँचीबासी को नाममा?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :-होइन हामी फुटेको होइन । केही साथीहरु यस् समितिमा दर्ता हुन खोज्नु भएको थियो । सस्था को निती र नियम अनुसार हामीले सबै प्रकृयागत रुपमा जानु पर्ने भएकोले उहाका गाडी लाई दर्ता गर्न सकेनौ । त्यस पछी केही ब्यात्तिहरुले अर्को सस्था जन्माउनु भएको हो । १० – १५ लाख नेपाली भएको ठाउँमा त्यस्तो हुनु अन्यथा होउन । हाम्रो सस्था फुटेको भन्ने भ्रम चाही नपरोश । हामी फुटेका होइनौ । तर सस्थागत रुपमा नभएर ब्यात्तिगत रुपमा गर्ने धेरै देखिएको छ । त्यसलाई नियन्त्रण र बन्द गर्न हामी लाग्नु पर्छ । जसमा संचारमाध्यम ले पनि साथ दिनु पर्छ ।



डट्कम् :अन्त्यमा अर्घाखाँची डट्कम् मार्फत केही भन्नचाहनु हुन्छ कि ?

 


अध्यक्ष ( सुपादेउराली – दिल्ली) :- हामिलाई विश्व भर अर्घाखाँची डट्कम् ले धेरै स्थान दिएको छ । हामीलाई महत्व दिएर तपाईंहरुले हाम्रो आवाजलाई यसरी बाहिर ल्याउदै हुनुहुन्छ तपाईंहरु प्रती हामी आभारी छौ । साथै हालै मात्र : पस्चिम नेपाल बस ब्यबसाय समिति बुटवलको नयाँकार्य समिति बनेको छ । दधिराम खरेल जि को नेत्रित्वमा बनेको नयाँ समिति त्यसै गरी अर्घाखाँचीको देउराली जिप व्यवसय समिति को नयाँ कार्य समितिलाई पनि हाम्रो सुपा देउराली टुर एन्ड्स ट्राभल्स समितिको तर्फ बाट शुभकामना दिन चाह्नछौ । उहाहरुलाई हामीले गर्नपर्ने सहयोग गरिरहन्छौ । उहाहरुको नयाँ कार्य समितिको कार्यकाल सफल होश भन्ने कामना पनि गर्दछौ । अर्घाखाँची डट्कम् र तपाईं उमाकान्त पाण्डे गाउले जी लाई धेरै धेरै धन्यवाद ।







( यो अन्तर्वाता मध्यपुर्वको खाडी मुलुक यूएईबाट दिल्ली पुगेर हाम्रा बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउंलेले लिएका हुन । यस् वार्तालाप पछी त्यहा रहेका अन्य धेरै व्यक्ती तथा सस्थाहरुले पनि अर्घाखाँची डट्कम् सँग संपर्क गरिरहनु भएको छ । उहाहरुको आवाजलाई पनि समेट्न अर्घाखाँची डट्कम् लागि पर्ने छ । माथि प्रकाशन भएका शब्द पढेर तथा अडियो सुनेर मनमा लागेका सबै प्रतिकृया हामिलाई इमेल गर्न अनुरोध गर्दछौ। ) – अर्घाखाँची डट्कम्

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।