बनेपा – न्यौपाने बन्धु समाज काभ्रेले न्यौपाने बन्धु वंशावली खोज अनुसन्धान र लेखन सम्बन्धी एक दिने कार्यशाला एवं शुभ विजया दशमी तथा दिवापलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बनेपामा सम्पन्न गरेको छ । समाजका केन्द्रिय उपाध्यक्ष विष्णु न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालामा प्रा।डा। फणिन्द्रप्रसाद न्यौपानेले वंशावली संकलनका क्रममा आइपर्ने अप्ठ्याराहरु र वंशावली एकरुपताका लागि ध्यान दिनुपर्ने कुराहरुका बारेमा प्रष्ट्याएका थिए ।
न्यौपाने जातिको ऐतिहासिक विकासक्रमको बारेमा नवराज न्यौापने र बलराम न्यौापनेले जानकारी दिएका थिए भने न्यौपाने वंशावली संकलनको आवश्यकताको बारेमा न्यौपाने बन्धु समाजका केन्द्रिय उपाध्यक्ष विष्णु न्यौपानेले सहभागीहरुलाई जानकारी दिएका थिए ।
लोकपि्रय गायक रामहरी न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य न्यौपाने बन्धु समाज काभ्रेका उपाध्यक्ष दधिराम न्यौपानेले गरेका थिए भने धन्यवाद ज्ञापन सचिव रमेशप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रम न्यौपाने बन्धु समाज काभ्रेका अध्यक्ष विनोदप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा न्यौपाने बन्धुहरुको वंशावली संकलनका लागि विभिन्न क्षेत्रका संयोजकहरु तोकिएको थियो ।