इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले शासन सम्हालेपछि राजधानी कायरोमा पहिलो पटक व्यापक हिंसा भड्किंदा धेरै जना घाइते भएका छन् । कायरोको ताहरिर स्वायरमा मुर्सीका समर्थक र विपक्षीबीच व्यापक झडप भएको हो । झडपमा १ सय १० भन्दा बढी घाईते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुलुकका उच्च अभियोक्तालाई वर्खास्त गर्ने मुर्सीको कदमको न्यायाधिशहरुले विरोध गरेपछि त्यहाँ तनाब बढेको हो । गत वर्षको जनआन्दोलनमा आन्दोलनकारीलाई आक्रमण गर्ने २४ जनालाई रिहा गरेको विरोधले पनि हिंसा भड्काउन बल पु