अलकायदाले अमेरिकी चलचित्र इनोसेन्स अफ मुसलिम्सले यहुदीसंग मिलेर मुश्लिम बिरुद्ध धार्मिक दंगा भड्काउन लागेको आरोप

आतंकबादी संजाल अलकायदाले अमेरिकी चलचित्र इनोसेन्स अफ मुसलिम्सले यहुदीसंग मिलेर मुश्लिम बिरुद्ध धार्मिक दंगा भड्काउन लागेको आरोप लगाएको छ । अलकायदाका प्रमुख अयमन अल जवाहिरीले बिश्वभर सो चलचित्र बिरुद्ध प्रदर्शन गर्ने चेतावनी दिंदै बिश्वमा सबै राष्ट्रमा रहेको अमेरिकी दूताबास अगाडी प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

 

भिडियो सन्देश जारी गर्दै जवाहिरीले लिबियाको बेनघाजीमा अमेरिकी राजदूत मारिएको र बिश्वका कयौं राष्ट्रहरुमा भएको प्रदर्शनको प्रशंसा गर्दै अमेरिका बिरुद्ध फेरी पनि प्रदर्शन गर्न अपील गरेका छन् ।


सात मिनेटको भिडियो सन्देशमा जवाहिरीले अभिब्यक्तिको नाममा अमेरिकाले उक्त चलचित्र बनाउन अनुमति दिएको यद्दपी यो आदर्श ग्वानतानामो बन्दीगृह, इराक र अफगानिस्तानको सन्दर्भमा लागू नभएको जनाउँदै अमेरिकालाई सचेत रहन समेत चेतावनी दिएको छ ।

 

-Agencies