काठमाडौं । मादक पर्दाथ सेवन गरी लामो रुटको सवारी साधन चलाउने चालकहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
सार्वजनिक यातायातका सवारी चालकहरुले मादक पर्दाथ सेवन गरी गाडी चलाएको उजुरी परेपछि प्रहरीले राजधानीबाट बाहिरिने सवारी साधनका चालकले मापसे गरे नगरेको चेकिङ्ग सुरु गरेको हो ।
प्रहरी कारबाहीमा पर्ने लामो दूरीका चालकहरुमा बुटवलका ताराप्रसाद आचार्य, धादिङका कृष्ण विडारी, रेवतबहादुर कुँवर, बद्रिप्रसाद सुवेदी, रोहिणी प्रसाद धिताल र मजोज कटुवाल छन् ।
उनीहरुलाई सार्वजनिक अपराध अनुसार कारवाही गरिने महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रहरी प्रमुख शेखर खनालले बताए ।
– RSS