काठमाडौं । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू संसदबाट चुनिएको प्रधानमन्त्री हूँ भन्दै संविधान नआउँदा र चुनावमार्फत् अर्को सरकार नबन्दासम्म सरकारबाट नबाहिरिने जिकीर गरेका छन।
उनले केही दिनका लागि मात्रै भएपनि संविधानसभा पुनस्थापना गरेर संविधान जारी गर्नुपर्ने पनि बताए । प्रत्येक महिना एक दिन गाउँमा बास बस्ने कार्यक्रम अन्तर्गत गएराति महोत्तरीको फुलकाहा पुग्नुभएका भट्टराईले यस्तो बताएका हुन।
काँग्रेस र एमालेले १२ बुंदे समझदारीबाट पछि हटेर संघीयता नचाहँदा संविधानसभा विघटन भएको आरोप पनि उनले लगाए । प्रधानमन्त्री भट्टराई हिजो महोत्तरीको फुलकाहा गाविसको मनहरवास्थित मुसहर बस्तीमा बसेका थिए । उनी माओवादी पूर्व लडाकु बिसुनी सदा मुसहरको घरमा बास बसेका हुन ।
– RSS