नेपालमा आजदेखि हेलो स्वास्थ्य सेवा प्रारम्भ

काठमाडौं  । नेपालमा आजदेखि हेलो स्वास्थ्य सेवा प्रारम्भ भएको छ ।

 

नागरिकको स्वास्थ्य सुधारमा ल्याउने उद्धेश्यले टेलिफोनबाट उपचार परामर्श दिने यो सेवा शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हेल्लो स्वास्थ्य सेवा दुई वर्षदेखि शुरु भएको ग्रामिण टेलिमेडिसिन कार्यक्रमको विस्तारित रुप हो ।


ललितपुरको पाटनमा रहेको टेलिमेडिसिन केन्द्रमा देशका जुनसुकै ठाउँबाट फोन गरेर स्वास्थ्य सेवा र उपचार सम्बन्धी परामर्श लिन सकिने छ । यस अघि विहान १० बजेदेखि दिउंसो २ बजेसम्म मात्र फोनबाट सेवा लिन सकिनेमा अबदेखि चौबिसै घण्टा यो सेवा उपलव्ध छ ।

 

टेलिमेडिसिन सेन्टरमा हरेक दिन ६ जना चिकित्सकले परामर्श सेवा दिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

– RSS