दसैँ आयो

डिल्लीराज घिमिरे
मैदान 5 अर्घाखाँची

 


दसैँ आयो गाउ अनि सहर तिर
धनीलाई हर्ष लिई दुखिलाई दिन पिर
कति व्यती खुसि छन नया नया पहिरनमा
दुखि पिडित जनता लाइ सधै हैरान मा
 
 
छोरा सोध्छ बाबा आउनुहुन्छ कि ? नाइँ
कति बस्ने दुखी दिन हरु हामि  बिताई
आमा भन्छिन दसैमा घर जसरि पनि आउँ
तर साहुले खोजेको छ घर नपठाउने दाउ
 
 
यस्तै छ सबै हामि बिदेसिको पिडा
बिदेसिको आवाजलाई देसमा हुन्छ घृणा
बिदेसमा जिबन संघर्ष मै बिताउदै घर जादा
कतै हुन्छ हड्ताल बन्द अनि बढ्छ सबारी भाडा