– गणेश खनाल
अर्घाखाँची । आफनै छोरीलाई जवजस्ती करणी गर्ने सिमलपानीका डिल बहादुर खाम्चाली पुर्पक्षका लागी थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ ।
२०६९-६-१ गते तिजका दिन आमा माईत गएको मौका छोपी आफनै छोरी धनमाया खाम्चालीलाई नाम परिर्वतन जवरजस्ति करणी गर्ने खोजेको प्रमाण जुटेपछि पुर्पक्षका लागी थुना राख्ने आदेश दिईएको श्रेष्तेदार शाखा अधिकृत गोविन्द घिमिरेले जानाकारी दिनुभयो ।
जवरजस्ती करणी गर्न खोजेको सबै प्रमाण जुटी सकेकोले आवश्यक कानुनी प्रकि्रया पुर् याउनका लागी थुनामा राखिएको अदालतले जनाएको छ । प्रतिवादीलाई मुलुकी ऐन अनुसार १६ वर्ष कैद र पीडितलाई उचित क्षतिपूर्ति गराउन सक्ने कानुनु व्यवस्था रहेको घिमिरेले बताउनुभयो ।
खाम्चालीलाई जवरजस्ती करणी तथा हाडनाता करणी अन्तर्गत मुद्धा चलाउने तयारी भएको घिमिरेको भनाई छ । प्रतिवादीलाई थुनामा राख्न जिल्ला न्यायाधिस माधवेन्द्रराज रेग्मीले आदेश दिनुभएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।