– प्रेमनारायण आचार्य
अर्घाखाँची । पाँचौ विश्व हात धुने दिवसका अवसरमा अर्घाखाँची जिल्लाका विद्यालय स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला संघ संस्थाहरुले विभिन्न कार्यकृमहरु आयोजना गरि भव्यताका साथ मनाएका छन ।
यस अवसरमा नुवाकोट गाविसहरुका १० खनदह ९ धारापानी १० ढिकुरा १० पाली ९ अडगुरी ७ बांगी १२ र खनका १० विद्यालयहरुमा सरसफाइ सम्बन्धमा विद्यालय सरसफाइ हाजिरी जवाफ कविता वक्तृत्वकला सडक नाटक र् याली लोकगित लगाएतका कार्यक्रम गरि मनाइएको छ । प्रतियोगिताको अन्तमा सावुन पानीले हात धुने तरिका र यसको महत्वका बारेमा सहभागिहरुलाई सिकाउनका साथै अभ्यास गराइएको थियो ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने सहभागिहरुलाई पुरस्कारको व्यवस्था र कार्यक्रमको लागि आवस्यक पर्ने सामाग्र्रीहरु इकार्डस् नेपाल प्राग अर्घाखाँची नेस्ट नेपाल र सिसेक ले प्रायोजन गरेकॊ छ ।
यि कार्यक्रमहरु सम्पन्न गर्नकालागि महिला स्वास्थ्य स्वयं सेविकाहरुको महत्वपूर्ण भुमिका रहेको थियो ।
यस्तै सारदा उच्च माध्यमिक बिद्यालय ढिकुरा अर्घाखाँचीमा पनि बिद्यालयको बाल क्लबको आयोजनामा बिद्यालय सरसफाइ र्याली हात धुने कार्यक्रम गैरागोठ बजार सफाइ तथा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
लोकगित प्रतियोगितामा कक्षा १० को अपेक्षा गैरे शुसिला भटराइर गिता मरासिनीको समुह प्रथम कक्षा १० कै लक्ष्मी घिमिरे आकृती भटराइर संगतिा चुदालकिो समुह द्धितीय र कक्षा ९ को सचतिा घिमिरे सृजना पोख्रेल र संगम घिमिरेको समुह तृतीय भएका छन् ।
बिद्यालयको बाल कलबका कार्यबाहक अध्यक्ष लक्ष्मी घिमिरेको अध्यक्षतामा समपन्न कार्यक्रममा बिद्यालयका प्राचार्य डासीराम भटराइ सामुदायीक सहजकर्ता प्रेम आचार्य पत्रकार लक्ष्मण घिमिरे शिक्षक बाबुराम चुदाली लगायतले सहजीकरण तथा मन्तब्य राखेका थिए ।
कार्यक्रम शिक्षक नबराज अधिकारीको संचालन र सचिता घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।