पोखरा । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संविधानका विवादित विषय टुंगो लगाएर नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी कास्कीको एकता अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै थापाले लोकतान्त्रिक अभ्यासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको भनाई राखे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बाबुराम सरकारका मन्त्रीहरु भ्रष्टाचारको होडमा लागेको भन्दै आफ्नै लडाकुको रकममा समेत भ्रष्टाचार गर्नै एकीकृत माओवादीबाट जनताले आसा गर्नु ब्यर्थ भएको बताए ।
– RSS