छोराछोरी टोलाउदै मेरै बाटो हेर्दै होलान
एक्लै छु यो प्रदेसमा कत्तिखुसी भाकी छैन
नमोरेर बाचे भने आउनेछु म अर्को साल
जती धन कमाएनी रिन तिरेर भ्याकी छैन
मरुभुमी चर्को घाममा भौतारिन्छु काम खोज्दै
सन्तोषले पेट भरी एक छाक नि खाकी छैन
बिरामी त छैन छोरा छाती मेरो चस्किराछ?
महिनौ साल बित्यो कुनै चिट्ठी पत्र आको छैन