राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पोखरामा भव्य अभिनन्दन


 

– शिव शर्मा

 

कास्की – राष्ट्रकवि माधवप्रसाद घिमिरे लाई  मंगलबार बिहान पोखरा नजिकैको  लामाचौरमा स्थानियबासीले भव्य अभिनन्दन गरेका छन् ।

नेपाल सरकारका पूर्व सचिव बाबुराम  आचार्यले स्थापना गरेको  खिमलाल हिमकुमारी आचार्य अक्षयकोषको  पुरस्कार वितरण गर्न आएका राष्ट्रकवि घिमिरेलाई स्थानियले बाजागाजा सहित सम्मान गरेका हुन् । स्थानीय बासीको  सम्मान पाउँदा राष्ट्रकवि दंग परेका थिए । यसअघि पनि पोखरामा राष्ट्रकविको  साताव्यापी रथारोहण कार्यक्रम गरिएको थियो ।


कार्यक्रममा राष्ट्रकवि घिमिरेले सामुदायिक विद्यालबाट कास्की जिल्लामा ०६८ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने छात्र राजेश पौडेल र छात्रा जेनिसा कुवरलाई ७/७ हजार रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।


पुरस्कार पछि त्यहाँ सुरु भएको ज्ञानमहायज्ञको समेत उदघाटन गरी राष्ट्रकवि काठमाडौं र्फकने कार्यक्रम छ ।