शहर बजार सुनसान बन्दै गाउघरमा रमाइलो थपिदै – सुरक्षामा प्रहरीको चासो

घटस्थापना शुरु भएसँगै दशैंमा घर र्फकनेहरुको चाप हृवात्तै बढेको छ । राजधानीलाई झण्डै झण्डै शून्य जस्तै बनाएर मान्छे घर फर्किरहेका छन् । यसपाली दशैंमा पोहोरको तुलनामा धेरै मान्छे गाउँ फर्केका छन् । तराई र पूर्वी पहाड लगायतका देशभर नै शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले पोहोरपरारको तुलनामा दशैंमा घर र्फकनेहरुको संख्या बढेको हो ।
दशैंमा घर जानेले पैसा र सरसामान पनि उत्तिकै बोकेका हुन्छन् । राजधानी लगायतका शहरमा घर भएका कतिले ढोकामा ताल्चा नै लगाएर गाउँ जाने गर्छन् । घर खाली हुने र यात्रुले महंगा सामान तथा पैसा बोक्ने भएकाले यो बेला चोरको हजार दाउ हुन्छन् । त्यसैले दशैंको लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
दशैंमा सबैभन्दा बढी सुरक्षाको चिन्ता यात्रुलाई हुन्छ । एकातिर सडक राम्रो नभएकाले गाडीबाट ठाउँमा कसरी पुगिएला भन्ने चिन्ता । अर्कोतिर महंगा सामान र पैसा चोरी होला भन्ने डर ।